चतरा  । जानकी नवमीको अवसरमा जगद्गुरू श्रीरामानन्दाचार्य सेवा पीठ वराहक्षेत्र चतरा धाममा भव्य कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा ५६ भोग लगाउनुका साथै विशेष भण्डाराको आयोजना समेत गरिएको थियो । ठिक मध्यान्न १२ बजे श्रीजानकी माताको महाआरती गरिनुका साथै त्रिदण्डी स्वामी जगद्गुरू महायोगी सिद्धबाबाले माता जनकीको परिचय दिनुका साथै जानकीकोे महत्व पनि दर्शाएका थिए । IMG_20230429_184447सो अवसरमा स्वदेश एवं विदेशबाट साधक तथा भक्तजनहरू , विशिष्ठ , राजनितिक , सामाजिक , धार्मिक एवं वौद्धिक व्यक्तित्वहरूको उपस्थिती रहेको थियो साथै वराहक्षेत्र चतराबाट उल्लेखीय रूपमा स्थानिय श्रद्धालु भक्तजनहरू उपस्थित भएका थिए । आदर्श नारी सिताको आजकै दिन मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार जानकी नवमी मनाउने गरिन्छ । वैशाख शुक्ल नवमीको दिनलाई जानकी नवमीको रुपमा मनाउने गरिन्छ ।