धनकुटा । सामाजिक न्याय, शुसासन र समतामुलक समाज निर्माणमा महिलाहरुको भुमिका अहम हुने धनकुटामा आयोजित एक कार्यक्रमका वक्ताहरुले वताएका छन ।

   नेकपा एकीकृत माओवादी निकट महिला संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारी धनकुटाको दोस्रो जिल्ला भेलाका अतिथी वक्ताहरुले सो कुरा वताएका हुन ।

 कार्यक्रममा अखिल नेपाल महिला संघ कोशी प्रदेश इञ्चार्ज एवं केन्द्रीय उपाध्यक्ष होमकुमारी खापुगं , दलित महिला सदस्य चन्द्रमाया दर्जी, पार्टीको धनकुटा संयोजक कुसुम कुमारी श्रेष्ठ ,अनेमा संघ क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य लक्ष्मी न्यौउपाने लगायतका वक्ताहरुले बोलेका थिए ।vlcsnap-2023-04-29-17h23m01s807

भेलाले गिता खेवाको अध्यक्षतामा २७ सदस्यिय जिल्ला कार्य समिति चयन गरेको छ । कार्यक्रममा अनेमा संघ केन्द्रिय सचिवालय सदस्य स्मीता निरौला, दलित राष्ट्रिय मुक्ति केन्द्रीय सदस्य नगेन्द्र गहतराज लगायतको पार्टी तथा जनवर्गिय संगठनका विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।