इटहरी । महेन्द्र संस्कृत विश्वविद्यालयका पुर्व शिक्षाध्यक्ष संस्कृत साहित्य ,धर्म संस्कारका ज्ञाता सामाजिक अभियान्ता पण्डित पुरुषोत्तम भट्टराईलाई सरस्वती प्रसाद दुर्गादेवी रिजाल प्रतिष्ठानले ५१ हजार नगद सहित अभिनन्दन गरेको छ ।

   शिक्षाका साथै सामाजिक विकासका क्षेत्रमा भट्टराईले पुरयाएको योगदानको कदर गर्दै सरस्वती प्रसाद दुर्गादेवी रिजाल राष्ट्रिय पुरस्कार नगद ५१ हजार, अभिनन्दन पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।IMG_20230428_130305

   त्यसै गरी प्रतिष्ठानले फरक शारिरिक क्षमता भएका कवि वियोग सापकोटालाई नगद २५ हजार सहित सम्मान पत्र र ओसल्ला ओढाएर सरस्वती प्रसाद दुर्गादेवी रिजाल प्रतिभा पुरस्कारबाट सम्मान गरियो । अभिनन्दीत भट्टराई तथा सम्मानित हुने सापकोटालाई कार्यक्रमका प्रमुख अतिथी पुर्व भुमि सुधार मन्त्री रामकुमार सुब्बाले अभिनन्दन तथा सम्मान गरेका हुन ।IMG_20230428_115656 प्रतिस्ठानका अध्यक्ष विनय रिजालको अध्यक्षतामा भएको अभिनन्दन तथा सम्मान कार्यक्रममा कोशी प्रदेशका प्रदेश सभा सदस्य अमृत अर्याल , रेवती रमण भण्डारी , रोहित कार्की नागरिक समाज इटहरीकी अध्यक्ष बालिका खड्का भट्टराई , सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाई ,उद्योग वाणिज्य संघ इटहरीका कार्यवाहक अध्यक्ष विष्णु नारायण डाँगी , नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष लिला बल्लभ घिमीरे लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।IMG_20230428_115302

 यस प्रतिष्ठानले विपन्न परिकारका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि सहयोग गर्दै आएको छ भने विभिन्न समयमा ,खेलकुद , सम्मान सहित अन्य सामाजिक कार्य गर्दै आएको प्रतिष्ठानको छ