इटहरी । नेपाल शिक्षक संघ इटहरी उपमहानगरपालिका कार्यसमितिको हालै सम्पन्न अधिवेशनबाट चयन भएको नयाँ कार्य समितिको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली काँग्रेस सुनसरीका सभापति केदार भण्डारीको प्रमुख आतिथ्यमा नेपाल शिक्षक संघ इटहरीको कार्य समितिको पदस्थापना तथा सपथ ग्रहण गरिएको हो ।
नेपाली काँग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको नेपाल शिक्षक संघ इटहरीको गत चैत्र २० सम्पन्न अधिवेशनले बासुदेव कर्णको अध्यक्षतामा चार वर्षे कार्यकाल लागि नयाँ कार्य समिति चयन गरेको थियो ।
कर्ण यस अघि पनि अध्यक्ष रहेका थिए । नयाँ कार्य समितिको उपाध्यक्षमा विष्णु दाहाल , महिला उपाध्यक्षमा लक्ष्मी चौधरी , सचिव भिम भट्टराई , सचिव अर्थ दिपेन्द्र कुमार राय, सहिसचिव मोहन प्रसाद बञ्जरा , सहसचिव महिला यमुना बस्नेत , सहसचिव अर्थ गुरुप्रसाद काफ्ले , सहसचिव समावेशी दिलिप चौधरी र मिलन कुमार चौधरी चयन भएका थिए ।
त्यसै गरी सदस्यमा तीन जना महिला सहित सात जना निर्विरोध निर्वाचित भएका हुन । नेपाल शिक्षक संघ इटहरीको अघिवेशनमा अध्यक्ष बाहेकका पदहरुमा सर्वसम्मत भएको थियो ।
पदस्थापना तथा सपथ ग्रहण कार्यक्रममा नेपाल शिक्षक संघ सुनसरीका अध्यक्ष वेणु सिग्देल , नेपाल टेड्र युनियन काँग्रेसका केन्द्रीय उपमहासचिव ज्योति कोइराला , नेपाल शिक्षक संघ सुनसरी सचिव रोवन राज कार्की लगायत अतिथीहरुको सहभागिता रहेको थियो ।




















