इटहरी । घर नक्सा वनाउने काम झन्झटीलो हुँदा आफुहरुले दुख पाइरहेको सेवाग्राहीको गुनासो वढी रहेको तर्फ मध्यनजर गर्दै इटहरी उपमहानगरपालिकाले विधुतिय भवन अनुमती प्रणाली इविपीएस सुरु गरेको छ ।
सेवाग्राहीहरुको गुनासोलाई मध्यनजर गर्दै इटहरी उपमहानगरपालिकाको १सय १९औं कार्यपालिका वैठकबाट घर नक्साको काम डिजिट प्रविधिबाट गर्ने निणर्यलाई कायान्वयन गर्दै आजबाट इटहरीमा इविपीएस सुरु गरिएको हो ।
भवन निर्माणका लागि डिजिटल प्रविधि इविपिएसको इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेल लगायतले एक कार्यक्रमका विच उदघाटन गरेका हुन ।
नागरिकहरुले लामो समय देखि गुनासो गर्दै आएको र कार्यपालिका वैठकले विद्युतिय भवन अनुमति प्रणाली लागु गर्ने निणर्य भए बमोजिम नागरिकलाई सर्वसुलभ छिटोछरितो विना झन्झट सेवा प्रदान गर्ने उद्धेश्यले सेवा सुरु गरिएको नगरप्रमुख पौडेलले जानकारी दिए । उनले नागरिकका लागि झन्झटिला रहेका अन्य सेवालाई समेत सहज वनाउदै झन्झट रहित वनाउदै जाने समेत वताए ।
सो अवसरमा विद्युतिय भवन अनुमति प्रणाली लागु भएपछि निवेदन दिने काम देखि नै सबै कुराहरु कसरी काम भई रहेको छ भनेर सेवाग्राही आफैले थाहा पाउने र सेवाग्राहीले फाइल बोकेर हिडीरहनु नपर्ने हुँदा सहज हुने जानकारी गराइयो ।
विगतमा घर नक्सा पासका धेरै समय सम्म विभिन्न शाखाहरुमा फाइल बोकेर सेवाग्राही हिड्नु पर्ने अवस्था रहेको थियो भने अव त्यो झन्झट नहुने समेत वताइयो ।
इविपीएस उदघाटन कार्यक्रममा उपमहानगरपालिका उपप्रमुख संगिता कुमारी चौधरी , विभिन्न वडाका वडाध्यक्षहरु , कार्यपालिका सदस्य , कर्मचारी , संञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो । इविपीएस प्रणाली देशका ७सय ५३ पालिका मध्ये इटहरी सहित १४वटा पालिकामा लागु भएको छ ।
इटहरी उपमहानगरपालिकाले घरनक्सा अभिलेख कार्यमा छुटेका पुराना घरधनीहरुलाई समेत अभिलेखिकरण लागि मौका समेत दिएको छ । इटहरीमा बार्षिक रुपमा ३हजार देखि ४ हजार घर नक्सा पासका लागि निवेदन पर्ने गरेका छन ।
भने पछिल्ला केही वर्ष यता देखि प्रत्येक अघिल्लो वर्षको तुलनामा तीन देखि चार सय घर थपिदै आएका छन ।




















