इटहरी । संस्कृत साहित्य ,धर्म संस्कार र संस्कृति ज्ञाता महेन्द्र संस्कृत विश्वविद्यालयकाका पुर्व शिक्षाध्यक्ष सामाजिक अभियान्ता पण्डित पुरुषोत्तम भट्टराईलाई इटहरीमा सम्मान सहित अभिनन्दन गरिने भएको छ ।

   सरस्वती प्रसाद दुर्गादेवी रिजाल प्रतिष्ठान इटहरी यही बैशाख १५ गते भट्टराईलाई सरस्वती प्रसाद दुर्गादेवी रिजाल राष्ट्रिय पुरस्कार प्रदान गर्दै अभिनन्दन गर्ने भएको हो ।   त्यसै गरी प्रतिष्ठानले फरक शारिरिक क्षमता भएका कवि वियोग सापकोटालाई सरस्वती प्रसाद दुर्गादेवी रिजाल प्रतिभा पुरस्कार सहित सम्मान गरिने प्रतिष्ठानले जनाएको छ । यस प्रतिष्ठानले विभिन्न समयमा ,खेलकुद , सम्मान सहित अन्य सामाजिक कार्य गर्दै आएको प्रतिष्ठानका विष्णु रिजालले जानकारी दिएका छन ।341698377_1459715811441212_8844506161421416358_n