काठमाडौ । राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल (रान)को अध्यक्षमा जगत बहादुर भट्टराई चयन भएका छन् ।

    एशोसिएनको प्रथम साधारणसभा तथा महाधिवेशनले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । 

  महाधिवेशनले बरिष्ठ उपाध्यक्षमा कृष्ण बहादुर राउत ,उपाध्यक्ष बालगोपाल श्रेष्ठ, महिला उपाध्यक्ष सरिता भण्डारी, उपाध्यक्ष कोशी प्रदेश डा.सञ्जिव कुमार यादव,  उपाध्यक्ष मधेस प्रदेश संजय कुमार प्रसाद, उपाध्यक्ष बाग्मती प्रदेश दिल बहादुर श्रेष्ठ, उपाध्यक्ष गण्डकी प्रदेश डा.प्रफुल्ल चन्द्र यादब, उपाध्यक्ष लुम्बिनी प्रदेश शालिक राम भुसाल, उपाध्यक्ष कर्णाली प्रदेश  डा. शंकर प्रशाद रिजाल, उपाध्यक्ष सुदुरपश्चिम प्रदेश लोकराज भट्टलाई  चयन गरेको छ । WhatsApp Image 2023-04-11 at 17.20.42 (1)

त्यसैगरी महासचिवमा हृदय नारायण चौधरी, सचिब  नारायण खतिवडा, सचिब महिला जयन्ती सिवाकोटी, कोषाध्यक्षमा सपना खत्री र सह–कोषाध्यक्षमा रामबाबु यादव छनौट भएका छन । सदस्यहरुमा किरण न्यौपाने , डा. विवेक गुप्ता, डा. राम पुकार यादव लगायत रहेका छन ।WhatsApp Image 2023-04-11 at 17.20.42 (2) क्रान्ती भट्टराई संयोजक तथा डा. शंकर गौतम, नरबहादुर ठकुरिब, डा. चन्द्रनारायण झा र महेन्द्रराज बज्राचार्य सदस्य रहेका थिए ।

रानमा एक हजार जना जति  सदस्य रहेका छन् । सो अवसरमा  आयुर्वेदक्मृतानामः स्मारिका विमोचन समेत गरियो । अधिवेशनमा पूर्वप्रधानमन्त्री माधबकुमार नेपालको प्रमुख आतिथ्यमा रहेको थियो ।