धनकुटा । नेपाल नेत्रज्योति संघ जिल्ला शाखा धनकुटाको तेह्रौ साधारण सभा तथा जिल्ला अधिबेशन आईतबार धनकुटामा सम्पन्न भएको छ । 

कोशि प्रदेश स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बुको प्रमुख आतिथ्यता एवं संस्थाका सभापति रोशेष श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभामा धनकुटा नगरपालिकामा कार्यरत शव ईन्जिनियर ईनरुवा नगरपालिका वडा नम्वर ४ सुनसरी निवासि विष्णु पोदारलाई कदरपत्रका साथमा दोसल्ला ओढाएर सम्मान गरिएको छ ।IMG-20230409-WA0009

अन्धोपन निवारणका लागि यस संघद्धारा संचालित डा. राम प्रसाद पोखरेल आँखा अस्पताल धनकुटालाई शव ईन्जिनियर पोदारले भौतिक पुर्वाधार मर्मत तथा सुधारको लागि पुर्याउनु भएको प्राविधिक सहयोग तथा योगदानलाई उच्च प्रशंसा एवं सम्मान गरी संघको १३ औं  साधारण सभा तथा अधिबेशनको अवसर पारेर कदर पत्रले सम्मन गरिएको संघका सचिव देवबहादुर खड्काले जानकारी दिनुभयो ।  IMG-20230409-WA0007