इटहरी । इटहरी चौक क्षेत्रलाइ हराभरा बनाउने उद्धेश्यले बुल्स एलेभेन  क्लव इटहरीले इटहरी चौक क्षेत्रको डिभाइडर क्षेत्रमा ४० वटा धुपीका बिरुवा रोपेको छ ।

 कोशी राजमार्ग अन्तरगातको इटहरी मुख्य चौक क्षेत्रको  उत्तततर्फ राजमार्ग बिचमा रहेको डिभाइडर क्षेत्रमा क्लवले ४० वटा धुपीका बिरुवा रोपेको हो । क्लवका भोलन्टीयरहरुको सहभागीतामा वृक्षरोपण गरिएको हो । 

इटहरी चौक आसपासका क्षेत्रलाइ आकर्षक,स्वच्छ सफा र हराभरा बनाउने उद्धेश्यले धुपीका विरुवा रोपिएको र यसको संरक्षण पनी क्लबले गर्ने बुल्स एलेभेन क्लवका उपाध्यक्ष रामु राइले जानकारी दिए । IMG_20230408_074612

लामो समयदेखी बुल्स एलेभेन  क्लवले इटहरीमा विभीन्न सामाजिक गतिविधीहरु सञ्चालन गर्दै आइरहेको छ । 

सरसफाइ,वृक्षरोपण लगायतका कुयाकलाप मार्फत वातावरणिय र पर्यावरणिय सन्तुलन कायम गर्ने क्षेत्रमा बुल्स ११ ले इटहरीलाइ मुल कार्यक्षेत्र बनाएर विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।  IMG_20230408_075030