इटहरी  । चैत्र पुर्णिमाका दिन रामदुत हनुमानको जन्म दिनको विशेष कार्यक्रमको आयोजना गरि हनुमान भक्तहरुले मनाउने गरे झै यस वर्ष पनि हनुमान जयन्तीको अवसर पारेर सुनसरीको चतरामा धार्मिक कार्यक्रमको आयोजना गरि मनाइएको छ ।

    जगतगुरु रामानन्दचार्य सेवा पिठको आयोजनामा हनुमान जयन्ती मनाइएको हो । रामदुत हनुमानको जन्मजयन्तीका अवसर पारेर सेवा पिठको हनुमान मन्दिरमा १५दिन देखि हनुमान चालिसा , रामायण पाठ लगायतका धार्मिक कार्यहरु सिद्धबाबा डा. कृष्ण दासको नेतृत्वमा गरिदै आएको जनाइयो । सेवा पिठले स्थापना गरेको हनुमान मन्दिरमा विगत १०वर्ष यता देखि निरन्तर रुपमा अखण्ड राम नाम किर्तन चलिरहेको छ  ।vlcsnap-2023-04-06-18h29m39s414

हनुमान जयन्तीको दिन मनाइने  उत्सव गरेर मनाउदा हनुमान प्रशन्न हुने धार्मिक बिश्वास रहेको अनुसार विगतका वर्ष झै यस वर्ष पनि हनुमान जयन्ती मनाइएको र  विगतका वर्षहरुमा झै भक्तजनहरुको यस वर्ष पनि ठुलो संख्यामा उपस्थिती रहेको थियो  छ ।

 रामायणका सबै भन्दा बलवान पात्र तथा राम भक्त हनुमानका सत्यका लागि आफनै दाजु बालीसंग पनि युद्ध गर्न पछि नपरेको तर्फ मध्यनजर गर्दै सत्यवादका अनुयायी हनुमान भक्तहरुले  हनुमान जयन्तीका दिन विशेष  उत्सवका रुपमा मनाउने गरेका छन ।।