इटहरी । गुरुङ साहित्यिक मञ्च नेपालले आफनो छैटौं स्थापना दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरी सुनसरीको इटहरीमा मनाएको छ । विगतका वर्षहरुमा पोखरामा गुरुङ साहित्यिक मञ्च नेपालले स्थापना दिवस मनाउदै आएकोमा यस वर्ष भने पुर्वका गुरुङ समुदायका मानिसहरुलाई समेत जोड्ने उद्धेश्यले यही चैत्र २१ गते इटहरीको दुर्गा पाटी प्यालेस औपचारिक कार्यक्रमको आयोजना गरि मनाएको हो ।
गुरुङ साहित्यिक मञ्चका अध्यक्ष गौरी तमुको अध्यक्षता तथा नेपाल प्रज्ञाप्रतिस्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरी आफनो छैटौं स्थापना दिवस मनाएको हो । सो अवसरमा लामो समयदेखी पुस्तकालय सञ्चालन गरेर सामाजमा योगदान पुर्याएको भन्दै विमल स्मृती पुस्तकालय धरानका संरक्षक अध्यक्ष पुर्ण बहादुर गुरुङलाई सम्मान गरिएको हो ।
समावेसी रचना वाचन कार्यक्रममा भरत गुरागाँइ,सुरज गुरुङ,टिका आत्रेय,मिश्रा माया गुरुङ, लगायतका २९ जनाले रचनाहरु प्रस्तुत गरेका थिए भने यस्तै समावेसी रचनाका वाचनका टिप्पणीकार मनु मञ्जीलले टिप्पणी गरेका थिए ।
यस्तै भाषा संरक्षणमा हाम्रो दायित्व र चुनौती कार्यक्रममा केशरमान गुरुङ,सुरज गुरुङ,चन्द्र गुरुङ तथा सहजकर्ता सुरज गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । छैठौँ स्थापना दिवशका अवसरमा संस्थाको चिनारी वृत्तचित्र प्रदर्शन तथा सदस्यता प्रमाणपत्र वितरण गरेर कार्यक्रम समापन गरिएको थियो ।




















