सुन्दरहरैँचा। सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बलिया शाखाले जेब्राक्रसिङ निर्माण तथा बोर्ड हस्तान्तरण गरेको छ । संस्थाको २८ औँ स्थापना दिवसको अवसर पारेर सुन्दरहरैँचा नगरपालिकाको पूर्व पश्चिम राजमार्ग अन्र्तगत बलिया तथा बाँसबारी चौकमा जेब्राक्रसिङ निर्माण गर्नुका साथै सुचना बोर्ड हस्तान्तरण गरिएको हो । 

बलिया शाखाको आयोजनामा सहकारीका सदस्य,स्थानिय उपभोक्ता,नागरिक समाज सहितको उपस्थितीमा सरसफाई पनि गरिएको थियो । बलिया तथा बाँसबारी चौक क्षेत्रमा सरसफाई गरी सुचना बोर्ड गाडिएको थियो । पूर्वपश्चिम राजमार्ग अन्र्तगत व्यस्त हुने दुई चौकहरुमा सडक वारपार गर्न भईरहेको समस्यालाई मध्यनजर गर्दै जेब्राक्रसिङ निर्माण गरिएको हो । जेब्राक्रस तथा सुचना बोर्ड ट्राफिक प्रहरीको सल्लाह र सहजिकरणमा निर्माण गरिएको हो ।  339401306_742938257377797_1282521972491150493_n

राजमार्ग अन्र्तगत पछिल्लो समय बजार विकास भएका बलिया चौक तथा बाँसबारी चौकमा यात्रु तथा बटुवाहरुलाई सडक पार गर्न समस्या हुँदै आएको थियो । संस्थाले यात्रुहरुको सहजताका लागि जेब्राक्रस निर्माण गरिएको सहारा नेपाल बचत तथा ऋण सहकारी बलियाका शाखाकी प्रमुख शिला कडरियाले जानकारी दिईन । 

सो क्रममा ट्राफिक प्रहरीका असई गणेश दाहालले सडक सुशासन तथा ट्राफिक सचेतनाको बारेमा सहकारीकर्मी, उपभोक्ता तथा स्थानिय नागरिकहरुलाई प्रशिक्षण पनि दिएका थिए । 

संस्थाको २८ औँ बार्षिक उत्सवको अवसरमा अन्य कार्यक्रम गरेको सहकारीले सामाजिक क्षेत्रमा पनि विभिन्न कार्यक्रम नियमित रुपमा गर्दै आएको बलिया शाखा प्रमुख कडरियाले जानकारी दिईन ।