इटहरी । ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सुनसरी जिल्लामा सञ्चालनमा रहेका १४वटा सहकारी संस्थाहरुलाई सम्मान गरियो ।

   जिल्ला सहकारी संघ लिमिटेडले राष्ट्यि सहकारी दिवसको अवसर पारेर एक कार्यक्रमको आयोजना गरि जिल्लाका प्रत्येक पालिकामा रहेका एक एक र जिल्ला भरीको उत्कृष्ट एक तथा महिलाहरुले मात्र सञ्चालन गरेको एक सहकारी गरी कुल १४ सहकारीलाई उत्कृष्ट सहकारीका रुपमा सम्मान गरेको हो ।

    जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष गंगा प्रसाद दाहालको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यमा भएको राष्ट्रिय सहकारी दिवसका अवसरमा सहकारीहरुलाई सम्मान गरियो ।WhatsApp Image 2023-04-03 at 18.16.04 यसरी सम्मानीत हुने सहकारीहरुमा इटहरी उपमहानगरपालिकामा रहेको सिटी साकोस, शुभलाभ साकोस, धरान उपमहानगरपालिकाको पानस साकोेस , इनरुवा नगरपालिकाको शिक्षकहित साकोस,रामधुनी नगरपालिकाको गौरी शंकर साकोस ,बराहक्षेत्र नगरपालिकाको पिपलवोट साकोस , कोशी गाउँपालिकाको हनुमान कृषि सहकारी संस्था लिमिटेड , भोक्राहानरसिंह गाउँपालिकाको भद्रकाली साकोस , हरिनगर गाउँपालिकाको उपयुक्त कृषि सहकारी संस्था ,देवांनगज सिनुवारी महिला कृषि सहकारी संस्था लिमिटेड , बर्जुगाउपालिकाको छिमेकी साकोस , गढीगाउपालिकाको सफल महिला कृषि सहकारी संस्था र सुनसरी जिल्ला भरीको उत्कृष्ट सहकारीका रुपमा राष्ट्रसेवक वहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड र जिल्ला भरीका महिलाहरुले मात्र सञ्चालन गरेका सहकारीहरु मध्ये दुहवीमा रहेको असल महिला साकोसलाई सम्मान गरियो । WhatsApp Image 2023-04-03 at 18.16.00सम्मानित भएका सहकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेल सम्मान गरेका थिए । कार्यक्रममा जिल्ला भरी सहकारीहरुका सञ्चालक , कर्मचारी लगायतको सहभागिता रहेको थियो ।WhatsApp Image 2023-04-03 at 18.16.05 (1) सुनसरी जिल्लामा वचत तथा ऋण सहकारी  , दुग्ध सहकारी , कृषि सहकारी ,बहुउद्धेश्यीय सहकारी ,लघुउद्यम सहकारी र सुचना संचार सहकारी गरी कुल ५सय ३९ सहकारी रहेका छन ।