इटहरी । महिला वचत तथा ऋण सहकारी संस्थाले  ६६ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा आफ्नो सेयर सदस्यहरु ३३ जना जेष्ठ सदस्यलाई सम्मान गरेको छ । 

सहकारीले एक कार्यक्रमका विच ७० वर्ष माथीका आफ्नो जेष्ठ सदस्यहरुलाई प्रमाणपत्र फुलमाला लगाएर फलफुल मिष्ठान खुवाएर सम्मान गरिएको हो ।

महिला वचत तथा ऋण सहकारी संस्था धेरै पुरानो राम्रो सस्था रहेको आफु पनि यस संस्थाको पुरानो सदस्य भएकोले  यसलाई हामी सवै मिलेर वचाउनु पर्नेमा कार्यक्रमकी प्रमुख अतिथी इटहरी उपमहानगरपालीकीे उपमेयर संगीता चौधरीले वताइन । कसैलाई पाखा कसैलाई काख नगरी यो सहकारीले विभिन्न सामाजिक गतिबिधीहरु गरिरहेको छ । vlcsnap-2023-04-03-18h58m49s190

 इटहरीको विकासको लागी सहकारीलाई संगसंगै लान जरुरी रहेको समेत उपमेयर चौधरीेले बताईन ।

 महिला वचतले संस्थामा सदस्यता लिएको विस वर्ष पुरा जेष्ठ सदस्यलाई पेन्सनको व्यवस्था  गरिएको साथै संस्थाले रक्तदान,स्वास्थ्य शिविर लगायत विभिन्न सामाजिक कामहरु गर्दै आएको संस्थाकी अध्यक्ष अमृता सुब्वाले वताइन ।