सुन्दरहरैचा । शिक्षा क्षेत्रको संरक्षण र गुणात्मक सुधारको पक्षमा नेपाल सरकार रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वताएका छन ।
मोरगंको गोठगाउँमा रहेको पुर्वाञ्चल विश्वविद्यालयको एघारौ दीक्षान्त समारोहलाई सम्वोधन गर्दै कुलपति समेत रहेका प्रधानमन्त्री दाहालले राष्ट्रको आवश्यकता र अन्तराष्ट्रयको माग समेत सम्वोधन गहुने हिसावले दक्ष जनशक्ति उत्पादनमा विश्वविद्यालको ध्यान केन्द्रित भईरहेकोमा आफुलाई खुशी लागेको वताएका हुन ।
विश्वविद्यालय तथा शैक्षिक प्रतिस्ठानहरुले आफनो अध्यापन अध्ययन अनुसन्धानको दायरालाई अझ व्यापक वनाएर मानजाति र सम्पुर्ण प्राणीजगतको सुरक्षा र संवद्र्धन गर्दै गरिने दिगो विकासको खोजी गर्नु आवश्यक रहेको प्रधानमन्त्री दाहालको भनाइ रहेको थियो । पुर्वाञ्चाल विश्वविद्यालयमा यसै शैक्षिक सत्र देखि एमविविएस कक्षा सञ्चालन हुने विश्वास समेत प्रधानमन्त्री दाहालले व्यक्त गरे । प्रधानमन्त्री दाहाल यस अघि पुर्वाञ्चल विश्वविद्यालयको ८औं दीक्षान्त समारोहमा समेत कुलपतिका हैसियत सहभागी भएका थिए ।
काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा डा सुरेशराज शर्माको प्रमुख आतिथ्यमा भएको दीक्षान्त समारोहमा पुर्वाञ्चल विश्वविद्यालय अन्तरगतका विभिन्न क्याम्पसमा अध्ययन गरेका स्नातक ,स्नाकोत्तर र एम फिल गर्ने ६हजार ५सय १३जना विद्यार्थीहरुलाई दीक्षित गरियो । दीक्षित हुने विद्यार्थीहरुमा स्नातक तहका ५हजार ४सय ६२जना , स्नाकोत्तर १हजार ४५जना र एम फिलका ६ जन विद्यार्थी दीक्षित भएका हुन । यसरी दीक्षित हुने विद्यार्थीहरुमा कला संकाय , कानुन संकाय , शिक्षाशास्त्र संकाय , व्यवस्थापन संकाय, चिकित्साशास्त्र र विज्ञान तथा प्रविधि संकायका विद्यार्थीहरु रहेका छन ।




















