इटहरी । योगमय इटहरी बनाउने उदेश्यले पतञ्जली योग समिति नेपालको आयोजनामा आयोजित योग शीवीर कार्यक्रम सम्पन्न भएको छ । फाल्गुन १३ गतेदेखी १९ गते सम्म सुरु भएको ७ दीने योग शीवीरको  एक कार्यक्रमका बीच समापन गरीएको हो । पतञ्जती योग समिति नेपाल इटहरी नगर अध्यक्ष उर्मिला कटुवालको अध्यक्षता तथा इटहरी नगर प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यतामा योग शीवीरको समापन गरीएको हो । घरघरमा योग जनजनमा योग भन्ने मुल नारालाइ आत्मसाथ गर्दै रोग,तनाव कम गर्न र स्वस्थ जीवनशैली जीउन प्रेरीत गर्न आजबाट जनता स्कुलको खेल मैदानमा योग सीवीर सञ्चालन गरीएको हो ।334256446_146384681652891_4404244004110249825_n ग्याष्टीक,ढाड,नसा दुख्ने लगायतको विभिन्न रोगहरुको समाधान गर्नका लागी केन्द्र र प्रदेशका गुरुहरु द्धारा यो शिविर संचालन गरीएको आयोजकले जनाएको छ । प्रदुसीत वातावरण,रसायनयुक्त खाद्यान्न र असन्तुलत जीवनशैलीका कारण तनाव,रोग बढ्ने तर्फ मध्यनजर गर्दै स्वस्थ जीवनशैलीका लागी योग शीवीर सञ्चालन गरीएको जनाइएको छ । शारीरीक तथा मानसीक स्फुर्तीका लागी यो शीवीर उपयोगी रहने संस्थाकी इटहरी नगर अध्यक्ष उर्मीला कटुवालले बताएकी छीन । २ हजार ६५ सालमा इटहरीमा स्थापना भएको पतञ्जली योग समितिले वीभीन्न समयमा योग सीवीरहरु सञ्चालन गर्दै आइरहेको छ ।