मोरङ । कोमाकी ब्राण्डको इलेक्ट्रीक स्कुटरको बिक्री वितरण गर्ने गरी सुन्दर हरैचाको वाँसबारीमा शाखा विस्तार गरिएको छ ।
हलेसी हेभी पार्टस बिक्रेता कम्पनीले कोमाकी ब्राण्डको इलेक्ट्रीक स्कुटरको दोस्रो शाखा संचालनमा आएको हो ।
शुक्रवार हलेसी हेभी पार्टसकी सञ्चालीका देवीका राइ र किरात राइ सुम्निमा संघकी केन्द्रिय सचिव माया राइले लगायतले सोरुमको विबन काटेर उद्घाटन गरेका हुन । सोरुममा ८ वटा कलरमा कोमाकी ब्राण्डका कोमाकी से,कोमकी भेनिस,एल वाइ,डी टी ३००० गरी विभिन्न मोडलका इलेक्ट्रीक स्कुटरहरु उपलब्धे छन ।
३ देखी ५ घण्टासम्म चार्ज गरेर ७५ देखी १६० किलो मिटर सम्म चलाउन सकिने जनाइएको छ ।
हाल बजारमा पेट्रोलियम पदार्थको मुल्य वृद्धी रहेको अवस्थामा इलेक्ट्रीक स्कुटरले पेट्रोलको तुलानामा ९० प्रतिशत सम्म खर्च बचत गर्ने भएका कारण पनी उपभोक्ताले रुचाउने गरेको हलेशी ह्याभी पार्टसका सञ्चालक चित्र राइले विश्वास लिएका छन । 
पुर्वी तराइका जिल्लाहरु सुनसरी मोरङका ग्राहकको मध्यनजर गर्दै सोरुम सञ्चानमा ल्याइएको जनाइएको छ ।
साथै स्कृटर खरिद गर्दा खरिदमा १९ हजार नगद छुसटको व्यवस्था रहेको बिक्रेता कम्पनीले जनाएको छ ।




















