इटहरी । इटहरी नमुना कलेजले मिस्टर एण्ड मिस फ्ेसर्स २०७९ को आयोजना साथै नयाँ विद्यार्थीहरुलाइ स्वागत गरेको छ । 

शुक्रवार नेवा पुचको सभाहलमा  आयोजित कार्यक्रमका बिच मिस्टर एण्ड मिस फेसर्सको आयोजना सँगै कलेजले प्रथम वर्ष तथा प्रथम सेमेस्टरका विद्यार्थीहरुलाइ स्वागत गरेको हो । कलेजका अध्यक्ष केशव खड्काको अध्यक्षतामा आयोजीत कार्यक्रममा बि एच एम,बी सी ए,बी एस डब्लु र बी बी एसका विद्यार्थीहरुले नयाँ आगन्तुक विद्यार्थीहरुलाइ स्वागत गरेका थिए । यस मिस्टर एण्ड मिस फ्ेसर्स २०७९ मा कलेजका चार वटै सङकाय सँगै ग्रिनपिस लिङका कलेज बि बिए प्रथम सेमेस्टारका विद्यार्थी गरी कुल २० जना छात्र छात्राले प्रतियोगीतामा सहभागिता जनाएका थिए । IMG_20230224_100941

मिस्टर फ्रेसर्सतर्फ रुपक श्रेष्ठ,तुसार ढकाल र सन्देश गुरुङ क्रमश प्रथम,द्धितीय र तृतिय भएका थिए भने मिस फ्रेसर्स तर्फ इछिका कडेरीया,वर्ष श्रेष्ठ र भावना खड्का क्रमश प्रथक दृतिय र तृतिय हुन सफल भएका थिए । विजेताहरुले क्रमश नगद रु १० हजार,५ हजार र २ हजार ५ सय रुपैयाँ साथै प्रमाणपत्र प्राप्त गरेका थिए । यस्तै अन्य विधामा बेष्ट स्माइलतर्फ भावना घिमिरे,मस्ट ट्यालेन्टतर्फ नेहा माझी,पब्लिक च्वोइसतर्फ एलिशा खरेल र बेस्ट कपल वाल्कतर्फ सिखा पाठक र प्रकाश चौहान चयन भएका छन । IMG_20230224_100929कार्यक्रममा मोडल तथा कलाकार दिनेश कोइराला र रंगकर्मी मौषमी कार्की,मेरिना लिम्बु निर्णयक भुमीकामा थिए । इटहरी नमुना कलेजले विगत केही वर्षदेखी विद्यार्थीका प्रतिभा प्रस्फुटनका कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।