इटहरी । इटहरी स्थित गोदावरी विद्या मन्दिरले एक औपचारिक कार्यक्रमका बिच आफ्नो २९ औ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । शुक्रवार विद्यालयले आफ्नै प्राङगनमा आफ्नो २९ औ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । 

विद्यालयका सञ्चालक समिति अध्यक्ष कमल कोइरालाको अध्यक्षता एवम १ नम्बर प्रदेश सभा सदस्य रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यार्थीहरुद्धारा सास्कृतिक प्रस्तुती गरिनुका साथै प्रिन्सिपलद्धारा विद्यालयको शैक्षिक गतिविधी साथै भावी कार्य योजनाको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा विद्यालयका पुर्व सञ्चालक हरी कृष्ण खनाल,शिक्षक राजन चाम्लागाई र कर्मचारी नम्रता राईलाइ सम्मान गरिएको छ । Screenshot_20230224_060710

सोही कार्यक्रममा बोल्दै प्रदेश १ का प्रदेश सभा सदस्य रेवतीरमण भण्डारीले विद्यालयको उन्नती र प्रगतीको कामना सहित कार्यक्रमको सफलताको कामना गरेका थिए । उनले विद्यालयले ३० औँ वर्षसम्म आइपुग्दै गर्दा प्राप्त गरेका उपलब्धी सम्मान योग्य रहेको र आगामी दिनमा पनी यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरु राज्यका महत्वपुर्ण स्थानमा पुगुन भनी सुभेक्षा व्यक्त गरे  । 

विद्यार्थीहरुद्धारा विभिन्न जातिय भेषभुषामा सजिएर विभिन्न संस्कृती झल्कीने गरी सास्कृतीक प्रस्तुती गरिएको थियो । 

साथै सोही कार्यक्रमका बिच अभिभावकहरुसँग विद्यालयको शैक्षिण गुणस्तरमा थप प्रभावकारी बनाउने सम्बन्धमा राय सुझाव लिइएको थियो । कार्यक्रममा सुष्मा गोदावरी कलेजका प्राचार्य बोधराज नेपाल,प्याबसन सुनसरीका बरिष्ट उपाध्यक्ष थानेश्वर ढकाल लगायत शिक्षक,जनप्रतिनिधी एवम अभिभावकहरुको सहभागीता रहेको थियो ।