इटहरी । इटहरी स्थित कस्तुरी कलेजले एक कार्यक्रमको आयोजना गरी आफ्नो २४ औं वार्षिक उत्सव सम्पन्न गरेको छ ।  

कस्तुरी एकेडेमीको प्राङगडमा कलेजले विभिन्न सांस्कृतिक कार्यक्रम सहित आफ्नो २४ औँ वार्षिक उत्सव मनाएको हो ।

कलेजका अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षता तथा राष्ट्रिय परिक्षा बोर्ड प्रदेश १ का अध्यक्ष युवराज पौडेलको प्रमुख आतीथ्यतामा आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरीनुका साथै विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाइ पुरस्कृत गरिएको थियो । WhatsApp Image 2023-02-24 at 17.20.03

कार्यक्रममा विभिन्न संकायका व्याच टपरहरु प्लस २ म्यानेजमेन्टका सञ्जिल पराजुली,प्लस २ साइन्सका नविन काफ्ले,अभिग्या पौडेल,समिर रेग्मी यस्तै बिबि एस तर्फ प्रतिक्षा उपाध्याय,बि बि ए तर्फ गुञ्जा सोनीलाइ पुरस्कृत गरिएको छ । यस्तै हिसान स्पोर्टस अन्तरगत बुद्धीचाल,टेवल टेनिस,ब्यटमिन्टन,रनिङ,क्रिकेट लगायतका खेलहरुमा कलेजबाट सहभागिता जनाइ विजयी हुने २३ खेलाडीहरुलाइ कलेजले प्रत्सान सोरुप विद्यार्थीहरु लाई नगद सहित पुरस्कृत गरिएकोे थियो ।WhatsApp Image 2023-02-24 at 17.20.01 (1)

यस्तै वर्षभरी कलेजले सञ्चालन गरेका खेलहरुमा विजयी हुने खेलाडीहरुलाइ पनी कलेजले पुरस्कृत गरेको छ भने लक्ष्मी छात्रवृती प्राप्त गर्न सफल छात्रा स्नेहा कुमारी शाहलाइ पनी सोही कार्यक्रमका बिच कलेजले सम्मान गरिएको कलेजका प्राचार्य कमलेश शर्मा पौडेलले जानकारी दिए । WhatsApp Image 2023-02-24 at 17.19.59 (2)

कार्यक्रमलाइ गायक राजेश पायल राइले आफ्नो प्रस्तुती मार्फत कार्यक्रमलाई थप रोचक बनाएका थिए भने विभिन्न भाषा,कला ,संस्कृती,जातिय पहिचान झल्कने भेषभुषा सहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा कलेजका पुर्व प्राचार्य प्रेम प्रसाद न्यौपाने,हिसान सुनसरीका अध्यक्ष सागरप्रसाद भट्टराई  लगायतका अतीथीहरुको सहभागीता रहेको थियो ।