धनकुटा। प्रमुख जिल्ला अधिकारी तथा जिल्लामा सक्रिय सञ्चारकर्मीहरु सँग जिल्ला प्रशासन कार्यालयमा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । 

उक्त कार्यक्रममा जिल्लाको सुचना प्रवाह तथा सम्प्रेषणको अवस्था सन्तोष जनक रहे नरहेका, आउँदा दिनहरुमा सुचना सम्प्रेषण गर्दा सुचनाको सत्यता, वास्तविकता, यथार्थताको साथै सो सुचनाले समाजमा पार्ने प्रभावको बारेमा समेत मूल्यांकन गरी सुचना प्रवाह गर्ने, सुचनाको आधिकारीकता समेत यकिन गर्नेलगायतका विषयमा छलफल भएको थियो । 

यसका साथै सवारी साधनको छटमा अध्याधिक यात्रुको चाप रहेको, बजार अनुगमनमा अत्याधिक म्याद सकिएका अखाध्य बस्तु भेटिने गरेको, टेम्पोको भाडा मह्ग्गो, जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचय पत्र फाँटमा काम गर्ने कर्मचारिहरूलाई सहजिकरण गर्नुपर्ने, हिलेबाट छिन्तांक जाने पिकअप र ट्राफिक विच भएको सहमति, स्थानिय तहसँग सहकार्य गरेर समन्वय गर्ने, विपद् व्यावस्थापन अन्तर्गत वस्ति व्यावस्थापन ढिलो भएको, लागू औषध धेरै गाडिको मान्छेले ल्याउने गरेको र विध्यार्थीहरूलाई ओसार पसारमा प्रयोग गर्ने गरेको, एम्बुलेन्समा समेत गाँजा बोक्ने गरेकोलगायतका विषयमा छलफल भएको थियो । IMG20190722143110

सोहि अवसरमा कोभिड पछि ठगि धन्दा अत्याधिक बढेको, सहकारिमा अनियमित्ता भई निक्षेपकर्ताको पैसा हिनामिना हुने गरेको, तरकारीमा लगाउने विषाधि, सडक मानवको व्यावस्थापन, ११ बर्षको बच्चि गर्भवति रहेकाले धनकुटामा बालबिबाहको प्रकोप लजास्पद अवस्था रहेको, सामाजिक संस्थाहरू पहिला पहिला जिल्ला प्रशासनमा दर्ता हुने गरेको थियो तर यतिवेला स्थानीय तहमा दर्ता गर्ने गरेको लगायतका जिज्ञासा पत्रकारहरूले राखेका थिए ।

धेरैे सरकारी कार्यालयहरू रहेका छन्, तर अवस्था भने सरकारी कार्यालयहरू भाडामा बस्नु पर्ने बाध्यता पनि उस्तै छ । एग्रोभेटहरूको नविकरण नभएको, कैदिहरूलाई बस्न समस्या, प्रहरीको दुर्व्यावहार, बाल सुधार, महिला पुनरस्थापना लगायतको खाँचो रहेको, हाईवएको चिन्ह देखिने गरि राखिनु पर्ने, साईवर क्राईम, लागू औषधलगायतका पत्रकारले उठाएका विषयहरूलाई सके सम्म कार्यान्वयन गर्न पहल गर्ने, कालो वजारी बाहेककका काममा प्रमुख जिल्ला अधिकारीलाई अधिकार नदिईएको कार्यान्वयन गर्न खोज्दा धेरै दवाव आउने गरेको, कालो बजारीमा स्थानीय तहले आफ्नो नेतृत्व लिनु पर्नेलगायतका विषयमा प्रमुख जिल्ला अधिकारी सँग छलफल भएको थियो । 

उक्त कार्यक्रममा कान्तिपुर दैनिकका उपसम्पादक रमेशचन्द्र अधिकारी, नेपाल टेलिभिजनका विदुर खवास, कान्तिपुर टेलिभिजनका वरिष्ट उपसम्पादक विनोद घिमिरे, गोरखापत्र राष्ट्र दैनिक पत्रिका धनकुटाका संवाददाता कोकिला भण्डारी, आदिवासि जनजाति पत्रकार महासंघ अध्यक्ष सन्तविर लामा, दीपज्योती छापा खाना सञ् चालक दिपेन्द्र काफ्लेलगायतको उपस्थिति रहेको थियो ।