धनकुटा। प्रदेश सभा सदस्य ईन्दिरा थापाको धनकुटामा सम्पर्क कार्यालय स्थापना भएको छ ।
प्रदेश नं. १ प्रदेशसभा सदस्य थापाले धनकुटा सदरमुकाममा सम्पर्क कार्यालय स्थापना गर्नु भएको हो । उहाँका अनुसार जनताको गुनासो संकलन गरि प्रदेश सरकार मार्फत समाधान गर्ने उद्देश्यले सम्पर्क कार्यालय स्थापना गरेको हो ।
उहाँले विहिवार दिउँसो एक कार्यक्रमका वीच कार्यालयको उद्घाटन गर्नु भएको हो । उक्त कार्यालयमा एक जना कर्मचारी राखेर जनताको गुनासो संकलन गरि उक्त गुनासोलाई प्रदेश सभाको वैठकमा राख्ने प्रदेश सभा सदस्य थापाले जानकारी दिनुभयो ।




















