इटहरी । महाशिवरात्रीको अवसर पारेर व्रह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीले राष्ट्र कल्याण तथा विश्वशान्ति विषयक प्रवचन कार्यक्रम आयोजना गरेको छ ।
हरेक वर्ष शिवरात्रीका अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै आएको व्रह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीले यस वर्ष राष्ट्र कल्याण तथा विश्वशान्ति विषयक प्रवचन कार्यक्रम आयोजना गरेको हो ।
व्रह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीकी मुख्य सञ्चालिका शारदा सिटौलाको अध्यक्षता तथा प्रदेश नम्बर १का प्रदेशसभा सदस्य रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यमा महाशिवरात्री विशेष कार्यक्रम आयोजना गरिएको हो ।
सो अवसरमा केन्द्रकी मुख्य सञ्चालिका शारदा सिटौलाले राष्ट्र कल्याण र विश्वशान्तिका विषयमा प्रवचन दिएकी थिइन भने महाशिवरात्रीका विषयमा वक्ताहरुले चर्चा गरेका थिए ।
सोही अवसरमा झण्डोतलोन गरियो भने चैतन्य झाँकी प्रर्दशन समेत गरियो भने ब्रह्मकुमारी राजयोग सेवा केन्द्र देखि मोरगंको गछिया सम्ममा व्रह्मकुमारी राजयोग सेवा केन्द्रको र्याली निकालियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य मिना श्रेष्ठ , सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे , शिक्षासेवी लेखनाथ घिमीरे ,इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख माधव काफ्ले लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।




















