धनकुटा । व्रह्मकुमारी राजयोग सेवा केन्द्र धनकुटाले विभिन्न कार्यक्रम गरि महाशिवरात्री पर्व मनाएको छ ।
केन्द्रले महाशिवरात्री पर्वको अवसरमा व्रह्मकुमारी राजयोग सेवा केन्द्र धनकुटाको भवनमा अध्यात्मिक प्रवचन, झाँकी साँस्कृतिक कार्यक्रम, परमात्मा शिव अवतरणको ८७ औं महाशिबरात्रीको पावन पर्वको अवसरमा आयोजित कार्यक्रममा ८७ औं दीप प्रज्जवलन, झण्डात्तोलनका साथ केक काटेर त्रिमुर्ती महाशिवरात्री महोत्सव मनाएको व्रह्मकुमारी राजयोग सेवा केन्द्र धनकुटाकी संरक्षक व्रह्मकुमारी निर्मला ढकालले जानकारी दिनु भयो । 
केन्द्रकी सञ्चालिका निर्मला दिदिको अध्यक्षता एवं धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङ्गको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा धनकुटा नगरपालिका उपप्रमुख भिमादेवि खनाल, धनकुटा बोडिङ्ग स्कुलका प्रधानाध्यापक सुमना तिम्सिना, धनकुटा उध्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष तारा तितुङ्ग, भिमदल गण, सल्लेरी ब्यारेकका मेजर पुर्ण प्रजापति लगायतको उपस्थिति रहेको थियो । 
सेवा केन्द्रले विश्व शान्ति र अन्तर्राष्ट्रिय भातृत्व भाव स्थापित गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।




















