धनकुटा । आउदै गरेकाे महाशिवरात्री लाई लक्षित गरि नेपाली सेनाले मन्दिर परिसर सरसफाइ गरेको छ । महाशिवरात्री तथा नेपाली  सेना स्थापना दिवसकाे अवसर पारेर भिमदल गणले धनकुटा नगरपालिका वडा नम्वर ६मा  रहेको  दक्षिण काली मन्दिर परिसर क्षेत्र सरसफाई गरेकाे हो । 

मन्दिरमा पुजा अर्चना गर्न आउने श्रद्दालु भक्तजनहरूकाे आगमनलाई मध्यनजर गर्दै मन्दिर परिसर सरसफाई तथा  दक्षिणकाली मन्दिर परिसर सरसफाई का साथै उक्त मन्दिर जाने बाटाे समेत मर्मत गरेकाे भिमदल गण सल्लेरी व्यारेक धनकुटाका गणपति प्रमुख सेनानी सुमन थापाले जानकारी दिनुभयाे ।IMG_20230216_212206  महाशिवरात्री तथा २६० औं  नेपाली सेना स्थापना दिवसकाे अवसरमा भिमदल गण, सल्लेरी ब्यारेक धनकुटाले दक्षिणकाली मन्दिर परिसरमा सरसफाई कार्यक्रम गरेकाे हाे ।