इटहरी ।  इटहरी स्थित सुस्मा सेकेन्डरी स्कुलले आफ्ने १७ औ वार्षिक  उत्सव विविध कार्यक्रमका गरी मनाएको छ । सुस्मा एकेडेमीका अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षता तथा हिसान नेपालका बरिष्ठ केन्द्रिय उपाध्यक्ष भेषराज पोखरेलको प्रमुख आतिथ्यतामा भएको  कार्यक्रममा स्कुलले आफ्ने १७ औ वार्षिक उत्सव मनाएको हो । सो अवसरमा हरु गरेका थिए ।330437688_2421145391368807_5359955351190878108_n

साथै वार्षिक परिक्षामा प्रथम,द्धितीय र तृतिय हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । साथै सोही अवसरमा २ जना ज्येष्ठ नागरिकलाइ सम्मान गरिएको छ । सम्मानित हुनेमा ८६ वर्षिय कुवेरलाल ढुङगाना र ७८ वर्षिय चन्द्रकुमारी ढुङगाना रहेका छन । 328867990_495599012774096_5724021331456201157_nकार्यक्रममा सुष्मा गोदावरी कलेजका प्राचार्य बोधराज नेपाल,हिसान केन्द्रीय सदस्य बलराम पन्थ,हिसान प्रदेश १ का वरिष्ठ उपाध्यक्ष गणेश दुलाल,हिसान सुनसरी अध्यक्ष सागर प्रसाद भट्टराइ लगायतका अतिथीहरुको सहभागिता रहेको थियो  ।