इटहरी । सरकारी मापदण्ड भन्दा वढी माल सामान बोक्ने कार्यलाई नियन्त्रण गर्ने कार्यमा ट्रक व्यवसायीहरु नै जुटेका छन ।
तोकीएको मापदण्ड भन्दा वढी मालसामन लोड गरेर सवारी चलाउदा हुने दुर्घटना हुने तथा दुर्घटनाका कारण बढी क्षति बेर्होनु परिरहेको तर्फ मध्यनजर गर्दैै कोशी ट्रक संघले मापदण्ड पालना गराउने कार्यमा जुटेको हो ।
नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बढी मालसामान वोकेका सवारीहरुलाई नियन्त्रणमा लिएर कारवाहीको दायरामा ल्याउन कोशी ट्रक संघले नियन्त्रणमा लिएका ट्रक बुझाउन थालेको छ । यही क्रममा सिराहाको मिचैया देखि झापाको विर्तामोड सम्म सिमेण्ट लगायतमा मालसामान ओभरलोड ल्याउदै गरेका चार वटा ट्रक संघले नै नियन्त्रण लिएर प्रदेश ट्राफिक कार्यालय इटहरीलाई बुझाएको छ । ओभरलोड मालसमान बोकेर चलाउन ब्रेक नलाग्ने जस्ता कारणले दुर्घटना वढी हुने गरेको र दुर्घटनाका कारण संघ वढी क्षति बेर्होनु परिरहेको तर्फ मध्यनजर गर्दै लोभरलोड गर्ने ट्रकहरुलाई कारवाहीको दायरामा ल्याउन थालिएको कोशी ट्रक संघका उपाध्यक्ष गणेश श्रेष्ठ वताउछन ।
ओभरलोड गरी मालसामान बोक्ने कार्य बढेपछि संघले नै चेकजाँच गरेर ओभरलोड बोक्ने ट्रकहरुलाई नियन्त्रणमा लिएर कारवाहीका लागि ट्राफिक प्रहरीलाई वुझाउन थालेको छ । यही क्रममा सिराहाको मिर्चैयाबाट सिमेण्टी र किलिङकर बोकेर आउदै गरेका चार वटा ट्रक ना७ख ७३७८ , ना७ख ७३७० ना६ख ७५५४ र ना७ख ३८६९ नम्बरका ट्रकहरुलाई क्षमता भन्दा पनि १५ टन भन्दा बढी मालसमान बोकेर चतरा हुदै विर्तामोड तर्फ आइरहेको समयमा सुनसरीमा नियन्त्रणमा लिएर संघले प्रदेश ट्राफिक कार्यालय इटहरीलाई बुझाएको हो । यता ओभरलोड गरेको आरोपमा नियन्त्रणमा लिइएका ट्रक चालकहरु भने दिनप्रतिदिन तेलको दाम बढेको तर संघले भाडा नबढाएको कारण वाध्यताले ओभरलोड बोक्नु परिरहेको दावी गर्दछन ।
ओभरलोड गर्ने ट्रकलाई तोकीएको मापदण्ड अनुसारको मालसमान बोक्न बाध्य बनाउन संघ आफै स्थलगत रुपमा अनुगमन निरीक्षण र कारवाही गर्ने कार्यमा उत्रिएपछि ओभरलोड बोक्ने परिपाटी अन्त हुने विश्वास गरिएको छ ।




















