इटहरी । शिक्षा, समाज र साहित्यका क्षेत्रमा योगदान गरेको भन्दै लामो समयसम्म शिक्षा क्षेत्रमा योगदान पुर्याका इटहरीका लेखनाथ घिमिरेलाइ नागरिक अभिनन्दन गरिएको छ । लेखनाथ घिमिरे नागरिक अभिनन्दन मुल समारोह समितिको आयोजनामा शिक्षा तथा साहित्य क्षेत्रमा लेखनाथ घिमिरेले पुर्याएका योगदानको कदर स्वरुप उनलाइ रथारोहण सहित नागरिक अभिनन्दन गरिएको हो । अभिनन्दित व्यक्तित्व लेखनाथ घिमिरेलाइ इटहरी स्थित आफ्नै घरबाट रथयात्रा सुरु गरी विभिन्न भेषभुषा,झाँकी सार्थ नौमती बाजा सहित सहीत इटहरी बजार परिक्रमा गराइ इटहरी ९ जनता माविको खेल मैदानमा एक औपचारीक कार्यक्रमका बिच नागरिक अभिनन्दन गरिएको हो ।
सो अवसरमा एक सय २७ लेखकका लेख सहितका विविध सामाग्री समेटीएको ५ सय ७२ पृष्ठको सार्थक जिन्दगी नामक अभिनन्दन ग्रन्थ विमोचन गरिनुका साकै अभिनन्दित व्यक्तित्व घिमिरेको उचाइ बरावरको ताम्रपत्रले अभिन्दन गरिएको थियो । लेखनाथ घिमिरे नागरिक अभिनन्दन मुल समारोह समितिका अध्यक्ष अनिल पौडेलको अध्यक्षता तथा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाको प्रमुख आतीथ्यतामा आयोजित सो कार्यक्रमका बिच अभीनन्दित ग्रन्थमा समावेस गरिएको लेखहरु वचन गरिनुका साथै अभिनन्दित व्यक्तित्वको योगदानको विषयमा चर्चा गरिएको थियो ।
सो अवसरमा विभिन्न स्थानबाट साहीत्यकार,प्राध्यापक र सामाजिक व्यक्तित्व लगायत भारतबाट समेत अतिथीहरुको उपस्थीती रहेको थियो ।




















