संखुवासभा । संखुवासभाको धर्मदेवी नगरपालिकाले नगरका युवाहरुलाई लक्षित गरि हस्तकलाको तालिम प्रदान गरेको छ ।
प्रदेश सरकारसँगको साझेदारीमा नवप्रवर्धन कार्यक्रम अन्तरगत युवाहरुलाई लक्षित गरि बाँसबाट विभिन्न हस्तकालका सामान बनाउने तालिम प्रदान गरिएको हो ।
सुपर सोनिक इञ्जिनियरिङ कन्सर्न प्रा. लिको सहजिकरणमा भएको तालिममा बाँस बाटहुने मूढा, कप, चूरीस्टेन, फोटोफ्रेम लागयतका सामाग्रीहरु बनाउन सिकाइएको छ । पौष २५ गतेदेखि सुरु भएको सो तालिम आज सम्पन्न भएको छ ।
नगर प्रमुख उदयचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको सपमान समारोहमा, उपप्रमुख तारा महत भट्टराई, प्रमुख प्रशासकीय अधिकृत जयनारायण खनाल, धर्मदेवी ३ का वडाध्यक्ष श्याम बहादुर पौडेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा तालिममा सहभागी भएका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नूका साथै उत्कृष्ट ४ जनालाई पुरस्कार स्वरुप हस्तकला बनाउने औजार प्रदान गरिएको थियो । तालिममा १५ जनाको सहभागीता रहेको सुपर सोनिक इञ्जिनियरिङ कन्सर्न प्रा. लिका सञ्चालक माधव सुवेदीले जानकारी दिए ।




















