संखुवासभा । संखुवासभाको धर्मदेवी नगरपालिकाले नगरका महिलाहरुको आर्थिक अवस्थामा सुधार ल्याउन खाडीको कपडा बनाउने तालिम प्रदान गरेको छ ।

धर्मदेवी नगरपालिकाले नवप्रवर्धन कार्यक्रम अन्तरगत नगरका विपन्न परिवारका महिलाहरुलाई १ महिने खाडीको कपडा बनाउने तालिम प्रदान गरेको हो ।

 नगरपालिकाको सहयोगमा मोरङ मिडिया एण्ड सर्भिस प्रा. लि. सुन्दरहरैंचाको आयोजनामा पौष १० गतेदेखि एक महिनासम्म सञ्चालन भएको तालिमको मंगलवार समापन गरिएको छ । 

नगर प्रमुख उदयचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको सपमान समारोहमा, उपप्रमुख तारा महत भट्टराई, प्रमुख प्रशासकीय अधिकृत जयनारायण खनाल, धर्मदेवी ३ का वडाध्यक्ष श्याम बहादुर पौडेल लगायतको उपस्थिति रहेको थियो ।IMG_1354कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख उदयचन्द्र पौडेलले नगरपालिकामा पर्यटन विकास र नगरवासीको आयआर्जन वृद्धि गर्ने तर्फ आफूहरु लागि परेको बताउनुभयो । उहाँले खाडीको कपडा बनाउन सिकेर उत्पादनमा लागेका महिलाहरुलाई आगामी दिनमा बजारीकरणमा समेत सहयोग गर्दै जाने बताए ।WhatsApp Image 2023-02-08 at 16.54.58

यस्तै उपप्रमुख तारा महतले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा प्रयोग गरेपछि मात्र उपलब्धि हासिल हुने भन्दै त्यसतर्फ लाग्नुपर्नेमा जोड दिइन । 

यस्तै धर्मदेवी ३ का वडाध्यक्ष श्यामबहादुर पौडेलले तालिम लिएका महिलाहरुलाई व्यवसायीक रुपमा अघि बढ्न आर्थिक समस्या भए नगरपालिकाले समन्वय गर्दै जाने बताए । WhatsApp Image 2023-02-08 at 16.54.55नगरपालिकाले प्रदेश सरकारसँगको सहकार्यमा सुरु गरेको नवप्रवर्धन कार्यक्रम अन्तरगत खाडीको कपडा बनाउने, अल्लोको कपडा बनाउने र ढाकाको कपडा बनाउने तालिमका साथै बाँसका हस्तकलाका सामान बनाउने तालिम समेत प्रदान गरेको हो । तालिममा सहभागीहरु लाई कमलादेवी लिम्बूले प्रशिक्षण दिएको तालिम समापन कार्यक्रममा तालिममा सहभागीहरुलाई  कार्यक्रका अतिथीहरुले प्रमाणपत्र समेत वितरण गरेका थिए ।