धनकुटा   । धनकुटा-क्यान्सर सम्बन्धी विभिन्न सचेतना कार्यक्रम आयोजना गरि विश्व क्यान्सर दिवस मनाइएको छ। विश्वव्यापी महामारीका रुपमा क्यान्सर विरुद्ध लड्न विश्व समुदाय एकजुट हुने उदेश्ले प्रत्येक वर्ष फ्रेबुअरी ४ मा विश्वभर क्यान्सर दिवस मनाइन्छ। नेपाल अर्बुद रोग नीवारण संस्था धनकुटा शाखाले   सचेतना कार्यक्रम आयोजना गरेको छ।

यो वर्ष 'हेरचाहमा हुने असमानताको अन्त्य गरौं' 'क्लोज द केयर ग्याप' भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइएको छ। दुर्गा लक्ष्मी परोपकार संस्था धनकुटा शाखा सभापति सरस्वति श्रेष्ठले विकसित राष्ट्र र मध्यम र कम विकसित राष्ट्रबीच क्यान्सर रोगबाट अल्पायुमा हुने मृत्युदरको खाडल ठूलो भएको बताए,क्यन्सर दिनादिन बडी रहेको ले क्यान्सर को जनचेतना मुलक कार्यक्रम गाउ गाउमा पुर्याउनु पर्ने र सो कार्यक्रम मा दुर्गा लक्ष्मी परोपकार संस्था ले सहकार्य गर्ने, सहयोग गर्ने बताउनु भयो ।IMG_20230206_192847 1

शाखा कोषाध्यक्ष दिपक श्रेष्ठ ले अर्बुद रोग मा हेरचाहको अन्तर कम गर्नु आजको चुनौती भएकाले सबै मिलेर हेरचाहमा समानता खोज्नु पर्नेमा जोड दिए। उनले भने,'स्वास्थ्य उपचारमा हुने पहुँचमा कमी, आधुनिक प्रविधिको अभाव, आयश्रोतमा कमी, शिक्षा तथा प्रचारमा कमी, जीवनशैली तथा अन्य अभाव र असमर्थताका कारण मृत्युदर बढी भएको जानकारी गराए भने 

प्रमुख अतिथी बरीष्ट समाज सेबी धन बहादुर खड़का भन्नु हुन्छ बिश्वको जुनसुकै कुनामा रहेपनि शिक्षा र आर्थिक अवस्थाको स्तर जे जस्तो भएपनि क्यान्सर रोगबाट मानिसको अकाल मृत्युबाट बचाउन सबैले समान निदान र उपचार पाउने सुनिश्चितता हुनुपर्ने बताए । 

कार्यक्रममा को सभापति नेपाल अर्बुद रोग नीवारण संस्था धनकुटा शाखा का माहासचिब महेश श्रेष्ट ले गर्नु भएको थीयो श्रेष्ठ ले क्यान्सर कारक तत्त्व  रूपमा धुप्रमान सुर्ति जन्य पदार्थ, खान पान आहार बिहार जस्तै जकं फुड अखाध्य बीषादी प्रयोग गरेका खाद्य सामाग्री साग सब्ज़ी आदी को प्रयोग ले क्यान्सर ले उग्र रूप लीयको यस लाई समयमानै सरकार ले नियत्रण गर्नु पर्ने मा जोड़ दिदै  साँझ पख दिप प्रजोलन को कार्यक्रम गर्दै समापन गर्नु भयो कार्यक्रम सन्चालन उमेश उदास ले गर्नु भएको थीयो उक्त कार्यक्रम मा शाखा तथा विभिन्न  संघ संस्था का पधाधिकारी सदस्यहरु, समाजसेवी,  शिक्षक शिक्षाका , विद्यार्थी, सहभागिता रहेको सदस्य जीबन उदास ले जानकारी गराउनु भयो ।