इटहरी । उद्योगी व्यवसायीहरुको छाता संगठन उद्योग वाणिज्य संघको निर्वाचनको मिति नजिकीएसंगै उमेदवारहरु मतदाता व्यवसायीहरुको मन जित्ने अभियानमा जुटेका छन।
यही माघ २८ गते हुने उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनका लागि उमेद्वारी दिएका उमेदवारहरु मत माग्न मतदाताहरुलाई भेटघाटलाई तिब्रता दिदै आएका हुन ।
उद्योगी व्यवसायीको नेतृत्वका लागि आआफनो प्यानल वनाएर उमेदवारहरु मत मागि रहेको समयमा जीवन पराजुली नेतृत्वको प्यानल पनि मतदाता उद्योगी व्यवसायीहरुको भेटघाटलाई बढाएको छ । मत माग्दै पराजुली प्यानल पनि मतदाताहरुका व्यवसायीक प्रतिष्ठान तथा घरदैलोमा पुग्ने क्रम जारी राखेको छ ।
मतदाताहरुसंग पराजुली प्यानलले व्यवसायीहरुलाई समस्या पर्दा जुनसुकै समयमा उपस्थित हुने टिम तयार पारी चुनावी प्रतिस्पर्धा रहेको तथा व्यवसायीहरुले भोग्दै आएको पार्किग , कर लगायतका विषयमा प्राथमिकतामा राखेर काम गर्ने समेत अध्यक्षका उमेद्वार पराजुलीले वताए ।
पराजुली प्यानलबाट यस पनि निर्वाचित शोभा कोइराला , विष्णु नारायण डाँगी देखि लिएर युवा व्यवसायीहरु सिनेट रिजाल , विनोद पौडेल लगायतका उमेदवारहरु चुनावी प्रतिस्पर्धामा रहेका छन । निर्वाचनका लागि पाँच जनाले अध्यक्षमा उमेदवारी दिएका छन भने विभिन्न प्यानल वनाएर आफनो प्यानलका लागि मत मागिरहेका छन ।




















