इटहरी । उद्योगी व्यवसायीहरुको हकहितका लागि काम गर्ने छाता संगठन उद्योग वाणिज्य संघका लागि नेतृत्वमा युवा व्यवसायीहरु समेत आकर्षित हुन थालेका छन । यही क्रममा इटहरी उद्योग वाणिज्य संघको आगामी २८ गते हुने निर्वाचनमा पनि युवा व्यवसायीहरु समेत उमेदवार रहेका छन ।
उमेरमा युवा भएपनि आधा दर्जन वढी विभिन्न किसिमका व्यवसायी फर्महरु कुशलता पुर्वक सञ्चालन गरिरहेका युवा व्यवसायी सिनेट रिजाल पनि इटहरी उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएका छन ।
व्यवसायीक क्षेत्रमा समेत बढ्दो प्रविधिको प्रयोगलाई मध्यनजर गर्दै प्रविधिका विषयमा समेत जानकारी हासिल गरेका युवाहरु नेतृत्वमा पुग्नु पर्ने मान्यतालाई मध्यनजर गर्दै आफु उमेदवार बनेको रिजालले वताए ।
एसडी मोटर्स इटहरी , एसडी फुटसल , एसडी कृषि फर्म , टर्फ स्पोट्स बार , रिजाल भिजन र सरस्वती पार्टी प्यालेस जस्ता इटहरीमा नाम चलेका व्यवसायी प्रतिष्ठानहरुका सञ्चालक युवा व्यवसायी रिजाल जीवन पराजुली प्यानलबाट वाणिज्य तर्फ सदस्यका उमेदवार रहेका छन ।




















