इटहरी । अविरल वचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीको १२औं स्थापना दिवसको अवसर पारेर आयोजित रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन ।
बराह टोल विकास संस्थाको सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २७जना महिला पुरुषले रक्तदान गरेका हुन ।
सोही अवसरमा बेदान्त अस्पतालको सहयोगमा सुगर तथा प्रेसरको परिक्षण समेत निःशुल्क व्यवस्था मिलाइएको थियो । रक्तदान कार्यक्रममा नेपाल रेडकस सोसाइटी रक्तसंचार केन्द्र धरानको प्राविधिक सहयोग रहेको थियो ।
सहकारी संस्थाका अध्यक्ष कुवेर शर्माको अध्यक्षता तथा सुरेशकुमार माझीको संयोजकत्वमा आयोजना गरिएको रक्तदान लगायतको सुगर प्रेसर परिक्षण कार्यक्रम सम्पन्न भएको सहकारीका उपाध्यक्ष डिल्लीराज भण्डारीले जानकारी दिए ।
अविरल बचत तथा ऋण सहकारी संस्थाले विभिन्न समयमा रक्तदान लगायतका सामाजिक कार्यहरु समेत गर्दै आएको छ ।




















