इटहरी । रेडिमेट व्यवसायी संघ इटहरीको ७औं वार्षिक साधारणसभा तथा तेस्रो अघिवेदनको अवसर पारेर इटहरीका पुराना रेडिमेट व्यवसायी स्वर्गीय विन्द्र श्रेष्ठकी श्रीमती इन्दिरा मकाजु श्रेष्ठलाई सम्मान गरियो ।
इटहरी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रोहित प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा श्रेष्ठलाई सम्मान गरिएको हो ।
रेडिमेट व्यवसायी संघ इटहरीका अध्यक्ष टिकाराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा इटहरी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष टंक दुलाल रेडिमेट व्यवसायी संघ इटहरीकी सस्थापक अध्यक्ष तथा इटहरी उद्योग वाणिज्य संघकी कोषाध्यक्ष गायत्री भण्डारी , उद्योगी व्यवसायी तथा इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेल लगायतका अतिथीहरुको कार्यक्रममा सहभागिता रहेको थियो । सो कार्यक्रममा आजिवन सदस्यहरुलाई सदस्यताको प्रमाण पत्र वितरण गरियो । साधारणसभा सहितको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै समापन हुने जनाइएको छ ।




















