इटहरी । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको १५औं साधारणसभा तथा १७औं स्थापना दिवस प्रदेश नम्बर १ को इटहरीमा मनाइयो ।
महासंघको प्रदेश नम्बर १को संयोजनमा आयोजित साधारणसभा तथा स्थापना दिवस इटहरीमा मनाइएको हो ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका अध्यक्ष संजयकुमार चौधरीको अध्यक्षता तथा पुर्व मन्त्री योगेशकुमार भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महासंघका सल्लाहकार नवराज ढकाललाई रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका अध्यक्षमा निर्वाचित भएको तथा रघुनाथ महर्जन बाग्मती प्रदेशको प्रदेशसभा सदस्यमा निर्वाचित भएको सम्मान गरियो ।
साधारणसभालाई सम्वोधन गर्दै प्रमुख अतिथी भट्टराईले पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको योगदान महत्वपुर्ण रहेको वताए ।
त्यसै गरी प्रदेश नम्बर १ मा साधारणसभा तथा स्थापना दिवस मनाउन महत्वपुर्ण भुमिका खेलेको भन्दै प्रदेश नम्बर १का अध्यक्ष रञ्जन शर्मा चौलागाई , महासंघका केन्द्रीय द्धितृय उपाध्यक्ष सञ्जीव सत्याललाई समेत सम्मान गरियो ।




















