इटहरी । विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिँदै आएकोे मेरिट एजुकेशन इटहरीले फिनल्याण्ड जान चाहने विद्यार्थीका लागि सेमिनार आयोजना गर्ने भएको छ ।

 फिनल्याण्ड सरकारले अध्ययनका लागि आउने विद्यार्थीका लागि नयाँ अफर ल्याएको यो समयमा मेरिट एजुकेशनले अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई विशेष सेमिनार गर्न लागेको हो । 

यहि पुस २७ गते इटहरीको इनटुरिष्ठ होटलमा आयोजना गरिने सेमिनारमा फिनल्याण्ड अध्ययन गर्ने चाहने विद्यार्थीका लागि शैक्षिक परामर्श सहित, त्यहाँको कानुनी, र व्यवहारिक पक्षको विषयमा पनि विस्तृतमा जानकारी गराईने फिनल्याण्ड एजुकेशन भिषा एक्सपट इश्वर घिमिरेले जानकारी दिए । 

 सेमिनारमा नयाँ विद्यार्थीहरुले राम्रो अवसर प्राप्त गर्न सक्ने घिमिरेले बताए । यो सेमिनारमा पुराना विद्यार्थी अथवा पढाईको लामो ग्याप रहेका विद्यार्थीहरुलाई विशेष प्राथमिकता पनि दिएको घिमिरे बताउँछन । उनले भने “ १० देखी १२ बर्ष पढाई ग्याप भएका विद्यार्थीहरुले पनि फिनल्याण्ड अप्लाई गर्न सक्छन् यो पुराना विद्यार्थीको लागि विशेष अफर हुन सक्छ ।”

फिनल्याण्डमा अध्ययन गर्न भिषा सहज प्राप्त हुने, पछि पि आर पाउन पनि सजिलो हुने भएकाले विदेश पढ्न चाहने विद्यार्थीको लागि राम्रो अवसर भएको मेरिट एजुकेशन इटहरीका  एजुकेशन काउन्सिलर प्रमेश भट्टराईले जानकारी दिए । 

विद्यार्थीहरुको आयल्स र पि टि ई पनि आवश्यक नहुने, पढाईको ग्याप र प्रतिशतलाई पनि स्विकार गर्ने भएकाले फिनल्याण्ड जान विद्यार्थीहरुलाई सजिलो रहेको काउन्सिलर भट्टराईको भनाई छ । 

यो विषयमा अझ बढि स्पष्ट पारिने भएकाले विद्यार्थीहरुले सेमिनारमा सहभागीता जनाए फाईदा हुने उनको भनाई छ । यो  सेमिनार विदेश अध्ययन गर्न चाहने विद्यार्थी र तिनका अविभावकलाई कोशेढुंगाा सावित हुन सक्छ । 

सेमिनारमा सभागिता जनाएर रजिष्टर गर्ने विद्यार्थीहरुलाई छुटको पनि व्यवस्था गरिएको मेरिट एजुकेशन इटहरीले जानकारी दिएको छ । सेमिनारमा इटहरी,विराटचौक,बेलबारी, दमक, धरान, इनरुवा र विराटनगरका विद्यार्थीहरुले सहभागीता जनाउने अपेक्षा रहेको मेरिट एजुकेसन इटहरीले जनाएको छ ।