धनकुटा । आध्यात्मिक तथा धार्मिक भ्रमणको सिलसिलामा धनकुटा आईपग्नु भएका जे.भि.फाउण्डेशनका संस्थापक अध्यक्ष माननीय विशिष्ट श्रेणीका राष्ट्रिय समाजसेवी प्रा.डा. जगदिश बैद्यलाई ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र धनकुटाले धनकुटामा भब्य स्वागत गरेको छ ।
प्रदेश नम्वर १ को साताब्यापि भ्रमणको सिलसिलामा पाल्नुभएका उहाँ सहित भ्रमण टोलिमा रहनु भएका फाउण्डेशनका अध्यक्ष लगायत सबैलाई धनकुटा स्थित ब्रम्हा कुमारी राजयोग सेवा केन्द्रकी प्रमुख निर्मला दिदिले विहिबार स्वागत सम्मान गर्नु भएको हो ।
समाजसेवाको क्षेत्रमा प्रख्यात नाम हो राष्ट्रिय समाजसेवी प्रा.डा. जगदीश बैद्य जस्ले जीवनभर आफुले पाएको पारिश्रमिक नै दान गर्नुभयो । समाजसेवा गरे वापत यसअघि नै ९१ मुलुकबाट ५३ हजार ६५४ वटा पुरस्कार पाईसकेको प्रा.डा. बैद्य बताउनुहुन्छ । 
उहाँ विभिन्न संवैधानिक आयोगहरुको प्रमुख सल्लाहकार, चारसय ११ वटा नगरपालिका, ४२ वटा जिल्ला संयोजक समितिको प्रमुख सल्लाहकार लगायत गरि कुल पाँचहजार ६ सय ३० निकाय तथा संस्थाको प्रमुख सल्लाहकार रहेको, नेपालका ५८ वटा भन्दा वढि गुरुकुल शिक्षालयमा बार्षिक रुपमै पुग्ने गरि सहयोग गर्दै आएको उहाँको भनाई छ ।
उहाँले १३० पटक रक्तदान, देशभर एक हजार एकसय ७६ मठमन्दिर बनाउनलगायतका सहयोग गर्दै सामाजिक काम गर्दै आउनुका साथै १० हजार व्याक्तिबाट दैनिक एककिलो चामल र एकसय ११ रुपैयाँ जे.भि. फाउण्डेशनमा १ गते जम्मा हुने गरेको उहाँ बताउनु हुन्छ । 
सोहि अवसरमा जे.भि.फाउण्डेशनको तर्फबाट काठमाण्डौं स्थित पशुपतिमा असाहय, अशक्तहरुको लास जलाउने कोस स्थापना गरिएको छ । जे.भि.फाउण्डेशन १ नम्वर प्रदेश समिति सदस्य कोकिला भण्डारीबाट दिनको एक रुपैयाँ संकलन शुरु गरिएको छ । कोस सञ्चालनका लागि जे.भि.फाउण्डेशन आध्यात्मिक तथा धार्मिक १ नम्वर प्रदेश सदस्य भण्डारीले रु पाँचसय, गिता अधिकारी सुवेदीले रु पाँच रुपैयाँ, मधुसुधन अधिकारी, जे.भि. फाउण्डेशन संस्थापक अध्यक्ष प्रा.डा. जगदिश वैद्य, विनोद श्रेष्ठ, शुर्दशन घिमिरेले एक एक हजार रुपैयाँ, माधव बराल, हरिकृष्ण, गंगा बुडाथोकीले पाँच पाँच सय रुपैयाँ, हरि कुमार डङ्गोलले ७३० गरि कोस स्थापना कै दिन ६ हजार ७३५ रुपैयाँ संकलन भएको प्रदेश सदस्य कोकिला भण्डारीले जानकारी दिईन ।




















