इटहरी । मानिस आफैमा निहित क्षमताको उजागर गर्दै सफल वन्न सक्ने तर्फ उत्प्रेरणा जगाउने उद्धेश्यले सुनसरीका सञ्चारकर्मीहरुलाई इटहरीमा सहजिकरण गरिएको छ ।

  जीवन विकास विशेषज्ञ रमेश नेपालले मानव जीवनका विभिन्न पक्षहरु साथै योगका माध्यमबाट शारिरिक तथा मानसिक रुपमा स्वस्थ्य रहन सकिने विषय केन्द्रीत सहजिरण गरेका हुन ।

   जीवन विज्ञान इटहरीको संयोजनमा  गरिएको उत्प्रेरणा कार्यक्रममा सुनसरीका सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । सो कार्यक्रममा जीवन विशेषज्ञ रमेश नेपालले मानव जीवनको महत्व , सहज रुपमा जीवन जिउने कला लगायतका विषयमा सहजिकरण गरेका थिए । जीवन विकास विशेषज्ञ नेपालले मानिस आफै भित्र धेरै किसिमका क्षमताहरु हुने भएकाले त्यस उजागर गर्दै स्वस्थ्य ,शान्ति, खुशी जीवन जिउन सकिने अभियान सञ्चालन गरिरहेको जानकारी गराए ।

सो कार्यक्रममा जीवन विज्ञान प्रदेश नम्बर १की संयोजक बालिका भट्टराई, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋृषि राई लगातय अतिथीहरुको समेत सहभागिता रहेको थियो ।