इटहरी । कुमारी वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३ औ वार्षीक साधारण सभाले संस्थाको नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिवार इटहरीमा आयोजित संस्थाको १३ औं साधारण सभाबाट खड्ग कुमार श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा सञ्जय शाह,महिला सदस्यमा हेमु भण्डारी र सुजता बस्नेत,यस्तै खुला सदस्यमा युवराज बिष्ट,प्रकाश महतो,पशुपती चौधरी,गोपाल गिरी र भुवन सिग्देल चयन भएका छन । 
लेखा समितीमा अरुण चौधरी,दर्शन पोखरेल र मुना पराजुलीले लेखा पदाधिकारीको जिम्मा पाएका छन ।
संस्थाका अध्यक्ष बिकासु निरौलाको अध्यक्षता तथा इटहरी उपमहानगरपालीका वडा नम्बर ९ का वडा अध्यक्ष जितेन्द्र थापाको प्रमुख आतिथ्यतामा संस्थाले १३ औँ वार्षीैक साधारण सभाको आयोजना गरेको थियो ।
कुल ४ सय ७४ सेयर सदस्य संख्या रहेको संस्थाले आर्थीक वर्ष २०७८ ७९ मा संस्थाले ३८ लाख ९० हजार ४ सय ४५ रुपैया ७७ पैसा कुल आम्दानी गर्न सफल भएको साथै संस्थाको सेयर पुँजी ८३ लाख ५९ हजार १०० रुपौया रहेको संस्थाको प्रतिवेदनमा उल्लेख प्रतिवेदन प्रस्तुत गरिएको थियो ।




















