इटहरी । मायाघर नेपालमा समय समयमा विभिन्न दाताहरुले विभिन्न किसिमका सहयोग गर्दै आएका छन । 

जाडो वढी रहेको तर्फ मध्यनजर गर्दै सुषमा इन्जीनियरीगं कलेज इटहरीका कक्षा १२मा अध्ययनरत विद्यार्थीहरुबाट संकलित रकमले न्यानो टोपी किनेर मायाघरमा आश्रितहरुलाई उपलव्ध गराइएको कलेजका निर्देशक सुकदेव घिमीरेले जानकारी दिए ।

निर्देशक घिमीरे आज आफनो जन्मदिन परेकाले आफु पनि मायाघरलाई १२ देखि १५ हजार सहयोग गर्ने समेत वताए ।

मायाघर नेपालमा दाताहरुले जन्मदिन तथा विशेष अवसरहरुमा खाना खुवाउने साथै अन्य सहयोग समेत गर्दै आएका छन ।  IMG_20221228_100756

विभिन्न कारणले सडकमा जीवन विताउदै आएका मानिसहरुलाई सडकवाट उद्धार गरी आश्रय दिदै आएको मायाघर नेपाल इटहरीमा आश्रितहरुलाई  दाताहरुको सहयोगले खाना र नाना दिदै आएपनि भरपर्दाे छाना नभएको गुनासो गरिएको छ ।

  मायाघर नेपालमा आश्रय लिदै आएकाहरुलाई दाताहरुले उपलव्ध गराउने खाना र नानाले जेनतेन पुगिरहेपनि छाना भरपर्दो नरहेको गुनासो गरिएको हो ।IMG_20221228_100752

  मायाघर नेपालकी सचिव सुभद्रा प्याकुरेलले हाल  एक सय २४जनाले आश्रय लिइरहेको र उनीहरुलाई दाताहरुले उपलव्ध गराउदै आएको सहयोगले खाना र कपडा पुर्याउदै आएपनि आवश्यक अनुसार कोठा नभएको गुनासो गरिन। उनीले स्थानीय ,प्रदेश तथा संघीय सरकारले सरकारले गर्नु पर्ने काम गर्दै आएको यस संस्थामा रहेका आश्रितहरुको जीवनयापन सहज वनाउन सुविधा सम्पन्न भवन अभाव रहेको जानकारी गराइन ।