इटहरी । महिलाहरुले प्रयोग गर्ने परिवार नियोजनको अस्थायी साधन सायना प्रेस नेपालमा पनि उपलव्ध हुन थालिसकेको छ भने सुनसरीमा पनि नेपाल परिवार नियोजन संघ सुनसरीले यो सेवा उपलव्ध गराउने भएको छ ।
नेपाल परिवार नियोजन संघ सुनसरी अन्तरगतको परिवार स्वास्थ्य केन्द्र इटहरीले पत्रकार सम्मेलन गरि चाडै नै सायना प्रेसको सेवा सञ्चालनमा ल्याउन लागेको जानकारी गराएको हो ।
केन्द्का प्रमुख कुमार गिरीले महिलाहरुले प्रयोग गर्ने परिवार नियोजनको अस्थायी साधन सायना प्रेस युएनएफपिएको सहयोगमा उपलव्ध गराउन लागेको वताए ।
उनले तीन महिने गर्भनिरोधक सुई नेपालमा पनि प्रयोग गर्न थालिसकीएको र सुनसरीमा पनि केन्द्रले सेवा उपलव्ध गराउन लागेको जानकारी दिए ।
परिवार स्वास्थ्य केन्द्र इटहरीले परिवार नियोजन , गर्भपतन ,सुत्केरी सेवा गराउने सेवा उपलव्ध गराउदै आएको छ । केन्द्रले सञ्चालन गर्दै आएका सेवाहरु सेवाग्राहीलाई नै पायक पर्ने ठाउँहरु सम्म पुगेको दिदै आएको समेत सो अवसरमा जानकारी गराइयो ।




















