इटहरी । इसाई धर्मालवम्वीहरुको महान चाड क्रिसमसको अवसर पारेर सुनसरीको इटहरीमा वडा दिनको शुभकामना  कार्यक्रम आयोजना गरिएको छ ।

  मिनकुमार मगरको अध्यक्षता तथा १ नम्बर प्रदेशसभाकी उपसभामुख सरस्वती पोखरेलको प्रमुख आतिथ्यमा वडा दिनको शुभकामना कार्यक्रम आयोजना गरिएको हो ।WhatsApp Image 2022-12-25 at 5.44.16 PM

  वडा दिनका अवसरमा आयोजित कार्यक्रममा सफल जोडीलाई सम्मान गरियो त्यसै गरी जेष्ठनागरिकहरुलाई सम्मान सहित न्यानो कपडा वितरण गरियो । कार्यक्रमका प्रमुख बक्ता  इसाई धर्मका अगुवा रतनले क्रिसमसका विषयमा जानकारी गराएका थिए ।WhatsApp Image 2022-12-25 at 5.44.13 PM (2)

कार्यक्रमका सास्कृतिक प्रस्तुति रहेका रहेका थिए । सो कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर १का वडाध्यक्ष रतन कार्की ,समाजसेवी रितेश श्रेष्ठ लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।