इटहरी । पत्रकारिताका माध्यम बाट समाजलाई सुसुचित गर्ने कार्यमा महत्वपुर्ण योगदान गरेको भन्दै हाम्रा एभिन्युजकर्मी दिपक कार्कीलाई अविरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो १२ औँ वार्षिक साधारणसभाको अवसरमा सम्मान गरेको छ ।
अविरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष कुबेर बरालको अध्यक्षता तथा १ नम्बर प्रदेश योजना आयोगका सदस्य नारायण कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्कीलाई नगद सहित सम्मान पत्रले सम्मान गरिएको हो ।
साधारणसभाकै अवसरमा एसइइमा उत्कृष्ट नम्बर ल्याउने सेयर सदस्यका सन्तती, ज्येष्ठ नागरिक , उत्कृष्ट कारोवार गर्ने दशरथ ढकाल , उत्कृष्ट बचतकर्ता स्माइल अन्सारी , नियमित बचतकर्ता लोक प्रशाद भट्टराई, ,उत्कृष्ट बाल बचतकर्ता संयोग जंग थापा व्यवसायीलाई समेत सम्मान गरिएको थियो । 
सो अवसरमा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष बरालले २०७६सालमा २६जना शेयर सदस्यहरुबाट स्थापना गरिएको सहकारीमा हाल ७ सय ५७ जना शेयर सदस्य पुगेको जानकारी गराए ।
शेयर पुँजी एक करोड ७४ लाख ५१ हजार ५ सय पुगेको समेत अध्यक्ष बरालले साधारणसभालाई जानकारी गराए ।
अविरल वचत तथा ऋण सहकारीले कृषि कर्जा ,सामाजिक कर्जा , व्यावसायिक कर्जा , कर्मचारी सहुलियत कर्जा उपलव्ध गराउदै आएको सहकारीका उपाध्यक्ष डिल्ली प्रसाद भण्डारीले जानकारी दिए ।
कार्यक्रममा बिशिष्ट अतिथी जिल्ला बचत तथा ऋण सहकारी संघ सुनसरीकी वरिष्ठ उपाध्यक्ष योगमाया सुवेदि ,नेफ्स्कुन शाखा प्रमुख मुकेस दाहाल , सेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तिर्थ अधिकारी , अविरल सहकारीका र्पूव अध्यक्ष बिक्रम घिमिरे लगायतको उपस्थिती रहेको थियो ।




















