इटहरी । प्रकृति पूजक भनेर चिनिने किरात समुदायको दोस्रो ठूलो चाँड ‘साकेला उधौली’ इटहरीमा पनी एक कार्यक्रम गरी समापन गरएिको छ । 

किरात राई बान्तावा खिम केन्द्रीय समितिद्धारा आयोजित किरातीहरुको महान चाँड उधौली साकेला चासोक तङनाम एक कार्यक्रमका  बिच उधौली पर्व समापन गरिएको हो । 

इटहरी स्थित शिवनारायण टोल दक्षिण बरगाछी टोलमा किरात बान्तावा खिमको सांस्कृतिक भवन निर्माण स्थलमा आयोजित एक औपचारिक कार्यक्रमका बिच साकेला उधैली समापन गरिएको हो ।vlcsnap-2022-12-24-18h54m07s790

 किरात राई बान्तावा खिमका केन्द्रीय अध्यक्ष ज्ञान किरातीको अध्यक्षता तथा इटहरी उपमहानगर पालिका १० का वडा अध्यक्ष अवदेश चौधरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जातिय भेष भुषा सहित सांस्कृतिक झाकी तथा नृत्य प्रस्तुत गरिएको थियो । सो अवसरमा देशका विभिन्न जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । vlcsnap-2022-12-24-18h53m50s178

किरात समुदायमा मंसिरे पूर्णिमा देखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिन सम्म साकेला उभौली चाँड मनाउने चलन छ ।

 वर्षको दुईपटक मनाइने साकेला चाडको उधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन रहेको छ । 

कुखुराको भाले, चोखो, जाँडरक्सी, अदुवा, पहेँलो रङको चामल लगायतका सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको छ ।