इटहरी । विगतका वर्षझै यस वर्षपनी अंग्रेजी नया वर्ष २०२३ को अवसर पारेर इटहरी स्थित ओसियन पार्कले पुस १६ गते साँगितिक साझ कार्यक्रम गर्ने भएको छ ।
कार्यक्रममा मुख्य आकर्षकको रूपमा नेपालका चर्चित हास्य कलाकार मनोज गजुरेल र इटहरीका बाल गायक प्रितम आचार्यको मुख्य प्रस्तुतीसंगै स्थानीय कलाकारहरूको पनि प्रस्तुती रहने जनाइएको छ ।
इटहरी नगरवासी लगायत आगन्तुकहरूलाइ मनोरञ्जनका लागी यस पटक मनोज गजुरेलको प्रस्तुती राखिएको ओसियन पार्कका सञ्चालक डम्बर तामाङले जानकारी दिए ।
कोरोना काल पश्चात तनावपुर्ण रहेको बातावरणलाइ हटाउन र प्रदेश एकको पर्यटन क्षेत्रको प्रर्वदन गर्न यो पटक बच्चा देखि बृद्ध सम्मले रूचाउने र मन पराउने राष्ट्रिय स्तरका कलाकारहरूलाइ बोलाइ कार्यक्रम गर्न लागिएको शनीवार आयोजीत पत्रकार सम्मेलनमा जानकारी गराइयो ।




















