इटहरी । कोशी राजमार्ग अन्तरगत सुनसरीको तरहरा देखि इटहरी सम्म लगाइएका विरुवाहरु मर्न थालेको तर्फ मध्यनजर गर्दै इटहरी उपमहानगरपालिका वडा नम्बर १ले संरक्षणको अभियान थालेको छ ।
हरित इटहरी वनाउने अभियान अन्तरगत लगाइएका विरुवाहरुलाई संरक्षण गर्दै हरियाली वनाउने उद्धेश्यले वडा कार्यालय पानी र मल लगाउने कार्य गरेको हो ।
स्थानीयवासी र वडा कार्यालयले लगायतको विरुवा भएकाले नमरोस भने र पानी र मल हालिएको वडाध्यक्ष रतन कार्की वताउछन ।
कोशी राजमार्ग क्षेत्रलाई सौन्दर्यकरण गर्ने कार्य र हरित इटहरी वनाउने उद्धेश्यले रोपिएका विरुवाहरु संरक्षणका लागि पानी र मल लगाउने कार्य गरिएको वडा सचिव सुरेश कार्की पनि वताउछन । उनले विरुवा रोपिएर छोडेर मात्र नहुँकने भएकाले स्थानीयवासी ,सामाजिक अभियान्ता साथै वडा कार्यालयले संरक्षण गर्नु पर्नेमा समेत जोड दिए ।
किमाथांका रानी व्यापारीक मार्गका रुपमा सिक्सलेनमा विस्तार गरिएको सो क्षेत्रको सडकको विच भागमा फूल सहित विभिन्न जातका विरुवाहरु लगाएर दुई भागमा विभाजित गरिएको छ ।




















