इटहरी । मेरी क्रिसमसको अवसर पारेर इटहरी नमुना कलेजका विद्यार्थीहरुले इभेन्टमेनेजमेन्ट अन्तरगत क्रिसमस उत्सव कार्यक्रम गरेका छन ।

   नमुना कलेजमा अध्ययनरत विएचएम सन् २०२१का विद्यार्थीहरुले इभेन्टमेजमेन्ट अन्तरगत खानाको परिकार सहित सांस्कृतिक कार्यक्रमको आयोजना गरी क्रिसमस उत्सव मनाएका हुन ।WhatsApp Image 2022-12-23 at 6.19.15 PM

  कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुलाई विभिन्न इभेन्ट अन्तरगत सिकाइका लागि कार्यक्रम आयोजना गरिने गरे जस्तै गरी क्रिसमसको इभेन्ट कार्यक्रम आयोजना गरिएको विएचएम कोर्डिनेटर सालिकदत्त भट्टराईले जानकारी दिए

सो अवसरमा रोनिस केसी ,विशाल मगर लगायतले सांगितिक प्रस्तुति गरेका थिए ।