इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर ३मा रहेको सिहंदेवी आधारभुत विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका ६५ जना विद्यार्थीहरुलाई नेपाल रेडक्रस सोसाइटी इटहरीले स्वीटर र शैक्षिक सामाग्री कापी वितरण गरेको छ ।
रेडक्रस इटहरीका सभापति विमल पौडेल, कोषाध्यक्ष हरि तिम्सिना , कार्यसमिति सदस्य पर्शुराम दुलाल र कार्यालय सचिव रामप्रसाद आचार्यले विद्यालयमा स्वीटर र शैक्षिक सामाग्री अन्तरगत कापी वितरण गरेको सभापति पौडेलले जनकारी दिए ।
उनले सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ६५ थान स्वीटर र दुई सय थान कापी वितरण गरिएको पनि उनले वताए ।
आगामी दिनमा पनि रेडक्रसले अन्य विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा र कापी वितरण गरिने समेत जनाइएको छ । 




















