इटहरी । खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज प्रदेश नम्बर १को दोस्रो अधिवेशनको अवसर पारेर दुई जनालाई सम्मान गरिएको छ ।
सुनसरीको इटहरीमा आयोजित दोस्रो अधिवेशनमा पाँचथर जिल्लाका समाजका सस्थापक अध्यक्ष तथा केन्द्रीय सदस्य विक्रम वुढाथोकी र संखुवासभा जिल्लाका समाजका अध्यक्ष जयबहादुर वुढाथोकीलाई सम्मान गरिएको हो ।
खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज प्रदेश नम्बर १का अध्यक्ष हरिबहादुर वुढाथोकीको अध्यक्षता तथा उद्योग वाणिज्य
संघ इटहरीका अध्यक्ष भिमबहादुर पौडेलको प्रमुख आतिथ्यमा दोस्रो अधिवेशनको खुल्ला सत्र सम्पन्न भएको थियो ।
खुल्ला सत्रका प्रमुख अतिथी पौडेलले दोसल्ला ओढार सम्मानितहरुलाई सम्मान गरेका थिए । अधिवेशनले मोरगंका राजकुमार वढाथोकीको अध्यक्षतामा १३ सदसीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । 
नयाँ कार्यसमितिको उपाध्यक्षमा इलामका जनकमणी वुढाथोकी सचिवमा झापाका दिपक वुढाथोकी र कोषाध्यक्षमा सुनसरीका रमेश बुढाथोकी रहेका छन । त्यसै गरी सदस्यहरुमा भुपालमान वुढाथोकी , पशुपति वुढाथोकी, महिला सदस्य मीरा वढाथोकी लगायतलाई अधिवेशनले सर्वसम्बत चयन गरेको हरिबहादुर वुढाथोकीले जानकारी दिए ।




















